कोमल वलिले यस बर्ष किन तीज गीत गाईनन ?

0
616

हरेक बर्ष तीज आउँदै गर्दा गायिका कोमल ओलीको चर्चा पनि खुबै हुने गर्थ्यो । तर यो बर्ष त्यस्तो भएन् । कहिले ‘पोईला जन पाउँ’ भन्दै कम्मर मर्काउने त कहिले शिवजीलाई गाली गर्दै गीत गाउने कोमलले यो बर्ष भने तीजको कुनै पनि गीतमा सहभागिता नजनाएपछी उनका फ्यान तथा दर्शक श्रोतामा यो कौतुहलताले छोएको छ । यो बिषयमा कोमल खुलेकी छिन् ।

komal oli

गत बैशाखमा पटक पटक गएको भूकम्पका कारण देश शोकमा रहेको तथा हरेक नेपालीको मनमा पीडाभावरहेको भन्दै भावनात्मक रुपले यो बर्ष तीजको गीत नल्याएको कोमलले बताएकी छिन् । उनले आफुलाई मानविय संवेदनाको पक्षमा उभ्याएको दाबी गर्छिन् । भूकम्प प्रभावित स्थानियहरुसँग सुरुवात देखी नै सम्पर्कमा रहेको तथा रसुवा, दोलखा, सिन्धुपाल्चोक, गोरखा धादिङ, भक्तपुर, काठमाडौं, ललितपुर लगायतका ठाउँमा पुगेर उनीहरुको पीडा बुझेको भन्दै यो पटक अरुको र देशको पीडाको अघी कम्मर मर्काउन मन नलागेको उनको जिकिर छ ।

कोमलले अर्को बर्ष भने यो बर्षलाई समेत समेट्ने गरी तीज गीत ल्याउने बताएकी छिन् । उमेर पुग्दा सम्म पनि बिहे नगरेकी कोमलको बैबाहिक कुराले संधै चर्चा पाईरहन्छ ।