घिमिरेको बन्दी जीवनका अनुभूतिहरु सार्वजनिक

0
1054

साउन ३० काठमाण्डौ . प्रधानमन्त्री शुशील कोईरालले चाँडै नै जारी हुन लागेको संबिधानले देशलाई संबृद्धि तर्फ लैजाने बताउँदै लोकतान्त्रिक मुल्य मान्यता स्थापित हुने हुँदा अलोकतान्त्रिक गतिबिधि र अराजकता स्वत समाप्त हुने बताउनु भएको छ । नेपाली काँग्रेशका केन्द्रिय सदस्य तथा ने बि संघका पूर्व अध्यक्ष गुरुराज घिमिरेद्धारा लिखित बन्दि जिवनका अनुभुतिहरु नामक पुस्तकको बिमोचन गर्दै नेपाली काँग्रेशका पार्टि सभापति समेत रहनु भएका कोईरालाद्धारा संबिधान बनाउने कार्य आफ्नो सरकारको महत्वपुर्ण कार्य भएकाले जसरी पनि संबिधान बनाई छाड्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।gu

बिमोचन समारोहमा बोल्दैे कोईरालाले आफुले बन्दि जिबन बिताए पनि पुस्तक भने नलेखेको बताउँदै यस्ता कृतिले राजनितीक अध्यायन गर्न चाहनेहरुलाई सहयोग गर्ने धारण राख्नु भयो । पार्टिको १३ औ महाधिबेषन चाँडै नै बस्ने केन्द्रिय समिती बैठकले तय गर्ने पनि उहाँको भनाई थियो ।

?
?

बिमोचित पुस्तकको समिक्षा नेपाली काँग्रेशका केन्द्रिय सदस्य द्धय बद्रि पाण्डे र सुरेन्द्र पाण्डेले गर्नु भएको थियो । कार्यक्रममा एमाले केन्द्रिय सदस्य केशव बडालले लेखक घिमिरे र पुस्तकका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा अर्थ मन्त्री रामशरण महत, ने का केन्द्रिय सदस्य आनन्द प्रसाद ढुङगाना,दिपक गीरि लगायतका नेता तथा कार्यकर्ताको उल्लेख्यरुपमा उपस्थिती रहेको थियो ।
घिमिरेको यो दोस्रो कृति हो भने चाँडै नै तीन वटा कृतिहरु प्रकाशीत गर्न लागेको लेखक घिमिरेले बताउनु भयो । घिमिरेले प्रतिगमन बिरोधी आन्दोलनका सन्दर्भमा आफुले पटक पटक जेल जिवन बिताउनु पर्दाका क्षणहरुका भोगाई लाई बन्दि भएकै अबस्थामा जेल भित्रैको अनुभव र मानसिक उतार चडाबलाई लिपीबद्ध गरी पुस्तकको रुप दिईएको बताउँदै नयाँ पुस्तालाई तत्कालीन समयको नेपाली राजनितीलाई नजिक बाट अध्यायन गर्नका लागि पुस्तक उपयोगी हुने बिश्वास ब्यक्त गर्नु भयो ।