सल्यान, १८ भदौ । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिको मृतक भेटिएका छन् ।पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकामदेखि ५० किमी टाढा रहेको र अविरल वर्षाका कारण पहिरो खस्नेक्रम जारी रहेकाले भएको प्रहरीले बताएको छ । पहिरोमा परी घाइते भएर बेहोस भएका बाबुआमा दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ । घटनालगत्तै उद्धारका लागि सिमखोली प्रहरी चौकी र इलाका प्रहरी कार्यालय थारमारेबाट टोली हिँडेको घटना स्थलबाट उद्धारको क्रममा सव भेटेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।