काठमाडौँ, २१ भदौ । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बुधबार राति शङ्खरापुर–९ सानागाउँबाट दुईलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखु र जम्मुडाँडा प्रहरी बिटको संयुक्त टोलीले विशेष सूचनाको आधारमा लागुऔषध हुनसक्ने आशङ्कामा सोही स्थानमा डेरा गरी बस्ने गोकर्णेश्वर नगरपालिका स्थायी घर भएका १९ वर्षीय अनिश श्रेष्ठ र शङ्खरापुर नगरापालिका–१ का २१ वर्षीय कृष्ण खनाललाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शङ्खरापुर–९ डेरा गरी बस्ने उनीहरुको कोठाबाट डाइजोपाम १ सय ५३ पिस, फ्यानजान १ सय ५३ पिस, नोफिन २७ एम्बुल र बुर्फरिन १ सय २० एम्बुल लागुऔषध बरामद भएको छ । प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको थप अनुसन्धान हुुँदैछ भने प्रचलित कानूनअनुसार कारवाही हुने प्रहरीले बताएको छ ।