नेपाल बन्दको दोस्रो दिन आज पनि देशभर प्रभाव,जनजिवन अस्तब्यस्त (फोटो फिचर सहित )

0
913

प्रदेशको संघीय खाकाप्रति विमति जनाउँदै विभिन्न राजनीतिक जातीय संगठनले आह्वान गरेको बन्द सोमबार पनि कायमै बन्दका कारण राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानको जनजीवन प्रभावित बनेको संघीय समाजवादी फोरम, मोहन बैद्य नेतृत्वको माओवादीलगायत केही दलले गरेको बन्दमा अरु केही संगठनले पनि समर्थन गरेका छन् खासगरी आज साउनको अन्तिम सोमबार शिव मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीलाई बढी समस्या भएको काठमाडौं भित्रिने रात्रीबस बिहानसम्म चलेपनि अहिले भने लामो दूरीका गाडी नचलेको ट्राफिक प्रहरीले जनाएको  बिहान पढाई हुने स्कुलक्याम्पस आज पनि खुलेका छैनन् ।

बन्दको कारण शैक्षिक संस्था खुल्न सकेका छैनन् राजधानीका चोक चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको

nepal-banda-13

राजधानीबाट बाहिरिने रात्री बसहरु संचालन भएपनि बिहानका गाडीहरु सञ्चालन हुन सकेनन्

यस्तै, थरुहट संघर्ष समिति लगायत बिभिन्न समुहको बन्दका कारण सात दिनदेखि पश्चिम तराईको जनजीवन ठप्प बनेको चितवनदेखि कञ्चनपुरसम्मको भूभागलाई थरुहट प्रदेश घोषणा गर्नुपर्ने माग गर्दै गत मंगलवारबाट तराईका २२ जिल्लामा बन्द आह्वान गरिएकोमा अन्य बन्द समेत थपिएको हो

बन्दका क्रममा राजधानीमा देखिएका दृश्यहरु.
बन्दका क्रममा राजधानीमा देखिएका दृश्यहरु.

DSC08185 DSC08186 DSC08187 DSC08188 DSC08189 DSC08190 DSC08191 DSC08192

बन्दका कारण यी जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् विद्यालय, उद्योगधन्दा, कलकारखाना, बजार ठप्प छन्

उता, सिन्धुली जिल्लालाई राजधानी काठमाडौंसहितको तीन नम्बर प्रदेशमै राखिनुपर्ने माग राख्दै सिन्धुलीमा सोमबार चौथो दिन पनि बन्द जारी तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, बारा पर्सा पनि तीन दिनदेखि बन्द नै यी जिल्लामा पनि बजार, कलकारखाना, यातायात शैक्षिक संस्था सञ्चालन हुन सकेको छैन

उता, संघीय लिम्बुवान पार्टी संघीय समाजबादी फोरम नेपालले गरेको बन्दले सोमबार दोस्रो दिन पनि अरुण पूर्णका नौ जिल्लाको जनजीवन प्रभावित बनेको चार दलले गरेको प्रदेशसहितको संविधानको खाकाप्रति असन्तुष्ट दल तथा राजनीतिक संगठनहरुले अरुण पूर्वका नौ जिल्ला मात्र भएको प्रदेश बनाउन माग गरेका हुन्

बन्दले पूर्वका मोरङ, सुनसरी, झापा, इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा संखुवासभाको जनजीवन प्रभवित बनेको यी जिल्लामा यातायातका साधन चल्न सकेका छैनन् भने बजार, कलकारखाना शिक्षणसंस्था ठप्प रहेका छन्