नाडा आटो शो लाई लक्षित गर्दै फाँक्सवैगनको पोलो १.० नेपाली बजारमा ।

0
906

भदौ २४ काठमाडौ । फाँक्सवैगनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेशनलले फाँक्सवैगनको नयाँ मोडलको गाडी पोलो वान ओ नेपाली बजारमा भित्राएको छ । कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ गाडी बजारमा आएको जानकारी दिएको हो । नयाँ पोलो वान ओ को राष्ट्रिय टेक्वाडो खेलाडी टिपक विष्टले सार्वजनिक गरे । नौ सय ९९ सीसी र ७६ एजपी इन्जिन क्षमता रहेको उक्त गाडी इन्धन बचत गर्ने ,एन्टिलक ब्रेकिङ,एयर व्याग ,गाल्भलाइज्ड बडी,पावर विन्डो लगायतका सुबिधा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विबेक विजुक्छेले जानकारी दिनुभयो ।
यसअघि नेपाली बजारमा फल्क्सवानगन पोलो गाडी सोह्र सय र बाह्र सय सीसीमा उपलब्ध रहेकोमा अब हजार सीसीमा पनि उपलब्ध भएको छ । कारको नेपाली बजार मुल्य मूल्य २६ लाख पन्चानब्बे हजार रहने कम्पनीले जनाएको छ । तर गाडी बुकिङ गर्ने पहिलो एक सय जनाले भने २५ लाख ५० हजार रुपैयाँमै गाडी खरिद गर्न सक्ने बताइएको छ ।