शेयरबजारमा दोहोरो अंकको सुधार कारोबार रकम पनि बढ्यो ।

0
639

काठमाडौँ, २८ भदौ बुधबार बाट उकालो लाग्न सुरु गरेको शेयर बजार विहिबार पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार विहिबार नयाँ विन्दुमा पुगेको हो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४दशमलव १३ विन्दुले बढेर एक हजार २ सय ४४ दशमलव ८४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३दशमलव ४७ विन्दुले बढेर २ सय ६४ दशमलव २७ विन्दुमा पुगेको छ । विहिबार कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १ सय ७३ कम्पनीको २७ लाख ११ हजार १ सय १० कित्ता शेयर ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ ।