निर्मला पन्तलाई न्याय दिन माग गर्दै मानवसागर यसरी सडकमा उर्लीयो (भिडियो सहित )।

0
1525

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै राजधानीमा विशाल विशाल विरोध र्याली निकालिएको छ । माइतीघरबाट सुरु भएको र्याली माइतिघरबाट सुरु भएर बानेश्वरमा गएर सभामा परिणत भएको थियो । विरोध र्यालीमा निर्मला पन्तका बाबु आमा सहित डा गोविन्द केसी,साहित्यकार खगेन्द्र सँग्रौला,नायिका ऋचा शर्मा लगायतको सहभागिता रहको थियो । विरोध र्यालीमा सहभगिहरुले सरकार विरुद्ध चर्को नारबाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका साथै गृहमन्त्री रामबाहादुर थापाको राजीननमा मागेका थिए । उनिहरुले निर्मला पन्तलाई न्याय दिन माग गरेका छन् । सरकारले बलात्कारीलाई संरक्षण गरेको आरोप लगाए । साउन १० गते गते हराएकी कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका निर्मला पन्तको ११ गते उखुबारीमा लाश फेला परेको थियो । प्रहरीले पनि उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले पनि ५२ औ दिन वितिसक्दा पनि हत्यारा पत्ता लागउन सकेको
छैन । कञ्चनपुरमा लामो समय आन्दोलन गरेपनि हत्यार सार्वजनिक नभएपछि निर्मला पन्तका बाबु आमा सहित अधिकारकर्मीको टोलि न्याय माग्दै राजधानी आएका छन् ।