धरान, ३१ भदौ । धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण गर्न थालिएको छ । क्षमताभन्दा बढी थुनुवा राख्नुपर्ने बाध्यता भएपछि दुई करोड ७६ लाखको लागतमा ८ कोठे थुनुवा कक्ष निर्माण गर्न लागिएको छ । निर्माणमा संलग्न इञ्जिनीयरका अनुसार हालसम्म २० लाख ६ हजार खर्च भएको छ । निर्माण समितिका संयोजक मीन सुब्बा हालसम्ममा निर्माणका लागि २१ लाख ६ हजार सहयोग जुटेको छ । सो भवन निर्माणको लागत ३३ लाख ९२ हजार रहेको छ ।
भवन निर्माण गर्न शनिबार व्यवसायी मणि सुब्बा, गोकुल राई, मनोज विष्ट, दीपक आचार्य, श्याम सोनी, छविलाल काफ्ले लगायतले ६ लाखभन्दा बढी सहयोग गरेका छन् । समितिले उक्त भवन आगामी २०७६ साउन १४ गतेसम्ममा निर्माण गरी इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने भएको छ । भुइँतलामा २० जना महिला थुनुवा अटाउने कक्ष तयार गरिँदैछ । माथिल्लो तलामा पुरुष थुनुवाका लागि तीन कोठा निर्माण गरिने भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार ४० जना क्षमताको थुनुवा कक्ष रहेने भएको छ ।