काठमाडौँ, ३१ भदौ । धितोपत्र बजारमा पछिल्ला दिनमा उत्साहको सञ्चार भएको छ । साताको कारोवारको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ११.६९ अङ्कले वृद्धि भएर एक हजार २ सय ५६.५३ विन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ विन्दुले बढेर २ सय ६६.९३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक मात्रै नभइ कारोवार रकममा समेत उल्लेख्य वृद्धि भएको स्टकले जनाएको छ । कूल १ सय ६६ कम्पनीको ३० लाख १६ हजार ४ सय ३९ कित्ता शेयर ८९ करोड ७८ लाख ९६ हजार ५ सय ०८ मूल्यमा खरिद बिक्री भएको छ । बैंकिङ १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत् ६।५४, फाइनान्स ३.११, निर्जीवन बीमा २०.१८, उत्पादन २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१ र जीवन बीमा ४८.५ विन्दुले वृद्धि भएको छ ।