निर्माण ब्यबसायी महासंघ निर्वाचन, चुनाव जित्न मिसन,भिजन र एक्सन सहित हुमनाथ कोइराला मैदानमा । (भिडियो सहित)

0
762

नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन गर्नको लागी २० औ अधिबेशन राजधानीमा हुँदैछ । यही असोज ४,५ र ६गते हुने अधिबेशनको लागी हुमनाथ कोइरालाले अध्यक्षको प्रत्यासीको रुपमा आफुलाई प्रस्तुत गरिसकेका छन् । यस्तै अन्य व्यावसायीहरुले पनि अध्यक्षको दावेदारी प्रस्तुत गरिरहेको अवस्था छ । विकासको मेरुदण्डको रुपमा हेरिने विकास निर्माणमा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने गर्दछ । तर पछिल्लो समय निमार्णं व्यवसायीलाई समयमै काम सम्पन्न नगरेको देखी विकास निर्माणका संरचनाहरु गुणस्तरीय नबनाएको जस्ता आरोप लगाएर राज्यले अपराधी सरह पक्राउ गर्ने काम पनि गरिरहको छ । यस्तै चुनौतीका बीच हुमनाथ कोइरालाले अध्यक्षको दावेदारी प्रस्तुत गर्दै निर्माण व्यवसायमा देखीएका समस्या समाधान गर्न आफु सक्षम रहको समेत दावी गरेका छन् । उनले आफुसँग मिसन,भिजन र एक्सन सहित आएको भन्दै यही नै आफ्नो चुनावी एजेण्डा भएको बताए । अध्यक्षका प्रत्यासी कोइरालाले निर्माण व्यावसयीको बर्गीकरण गर्ने,५ करोड सम्मको निमार्ण कार्यको लागी मापदण्ड तोक्न नपाइने व्यवस्था मिलाउने, महासंघको सिफारिशमा सम्पुर्ण निमार्ण व्यवसायीहरुको इजाजतपत्र नविकरण गर्ने,निर्माण ऐन शंसोधन गराउने,निर्माण व्यवसायीको नयाँ लाइसेन्स बनाउने नीतिमा संशोधन गर्नुपर्ने लगायतका एजेण्डा अँगाडी सारेका छन् । यसै सन्र्दभमा हामीले तपाईको अध्यक्षमा दावेदारी किन ? तपाईका एजेण्डा के छन् ? निमार्ण व्यवसायमा के कस्त समस्या छन् र ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरेका छौ । प्रस्तुत छ यो भिडियो ।