बहुपतिक्षित रक्सौल-अमलेखन्ज पेट्रोलियम पाइपलाइन निर्माण निश्चित भएको छ । आगामी साता भारतबाट पेट्रोलियम मन्त्री धमेन्द्र प्रधान आई दुई देशबीच हस्तक्षर हुने कार्यक्रम निश्चित भएपछि पाईप लाईन बन्ने निश्चित भएको हो । सम्झौता गर्ने विषयमा भारतको मन्त्रीपरिषदले अनुमोदन गरिसकेको छ । उक्त निर्णय पछि पेट्रोलियम मन्त्री प्रधान, भारतिय आयल निगम (आइओसी) अध्यक्षसहित ११ सदस्यीय टोली आगामी आईतबार नेपाल आउने भएका छन् । यहीबेला दुई देशवीच हस्तक्ष हुने कार्यक्रम तय भएको छ ।
‘पाइपलाइन निमार्णको बाटो खुलेको छ । थप प्रकि्रया अघि बढाउन भारतीय मन्त्री नै आउने जानकारी पाएका छौ,’ बाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव जिवराज कोइरालाले भने, ‘त्यसबिच सम्झौतापत्रमा मन्त्रीस्तरीय ‘बि टु बि’ हस्ताक्षर हुने छ ।’
आइओसी र नेपाल आयल निगमबिच पनि प्राविधीक बिषयमा हस्ताक्षर हुने उनले जानकारी दिए । ‘आइओसी र निगम बिच अधिकाश बिषयमा सहमती भइसकेको छ । आगामी सातामा बाकी भएको बिषयमा हस्ताक्षर हुन्छ,’ कोइरालाले भने, ‘त्यसपश्चात औपचारिक रुपमा कार्य अघि बढ्ने छ ।’ पाइपलाइन निमार्ण गर्न करिब ३० महिना लाग्ने उनले बताए ।
निगका प्रबक्ता सिताराम पोखरेलले पनि सम्झेता पत्रमा अगष्ट २४ मा हस्ताक्षर हुने बताए । ‘मन्त्री र आइओसीको टोली २३ तारिखमा आउछन । २४ तारिखमा मन्त्रीहस्ताक्षर हुनेछ । त्यसपछि आइओसी र निगम बिच हस्ताक्षर हुन्छ,’ उनले भने । निगमका अनुसार रक्सौल देखी अमलेखगन्जसम्मको ४१ किलोमिटर दुरी मध्ये ३९ किलो मिटर पाइपलाइनको हिस्सा नेपाली भुभागमा पर्छ । बाकि २ किलो मिटर भारततर्फ छ । पाइपलाइन निमार्णमा लाग्ने ३ अर्ब २० करोड रुपैया भारत सरकारले बेर्होने छ । तर, निमाणका लागि आवश्यक जग्गाहरु भने सरकारले उपलब्ध गराइदिने प्बक्ता पोखरेलले बताए ।