सुपर कपको उपाधि विल्बाओको पोल्टामा

0
863

एथ्लेटिको विल्बाओले ३१ वर्षपछि स्पेनिस सुपर कपको उपाधि जितेको छ । पहिलो लेगमा ४-० को शानदार जित हात पारेको बिल्बाओले सोमबार राति नाउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनासँग १-१ को बराबरी खेल्यो । खेलको ४३ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनाको पुनरागमनको संकेत दिए ।

Messi
तर, ५५ औं मिनेटमा झड्का लाग्यो । डिफेण्डर जेरार्ड पिकेले रातो कार्ड पाएपछि बार्सिलोना दबावमा आयो ।
खेलको ७५ औं मिनेटमा अडुरिजले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याए ।

पहिलो लेगमा अप्रत्यासित हार व्यहोरेपछि लुइज इनरिकले टीममा ठूलो हेरफर गरेका थिए । गोलकिपरमा ब्राभोलाई खेलाइएको थियो भने फवार्ड लाइनमा लिओनल मेस्सी, लुइस स्वरेज र पेड्रो थिए ।

तर, विल्बाओले मेस्सीलाई राम्रो तयारी गरेको देखियो । उनको खुट्टामा बल पुग्दा साथ विल्बाओका दुई खेलाडीले पछ्याउँथे । यस्तोमा पेड्रोले केही मौका नपाएका होइनन् । तर, उनी गोल गर्न असफल रहे ।

बार्सिलोनाको डिफेन्समा अझै समस्या देखिएको छ । म्याथुको गल्तीमा विल्बाओका अडुरिजले वान भर्सेज वानको मौका दिएका थिए ।