रसुवा, ८ असोज । गल्छीदेखि रसुवागढी क्षेत्रको सडकलाई भृकुटी राजमार्ग कायम गर्न रसुवावासीले आग्रह गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुखका अनुसार भृकुटीको तिब्बतका राजा स्रङ्चङगोम्बोबीच विवाह हुँदा जन्ती आएको गएको तथा घर माइती ओहोरदोहर रसुवाबाट भएको थियो । उनी राष्ट्रिय विभूतिसमेत रहेकाले गल्छी–मैलुङ– स्याफ्रुबेंसी–रसुवागढी खण्डको सडकलाई भृकुटी राजमार्ग कायम गर्न प्रस्ताव गरिएको हो । अहिले बालाजु–धुञ्चे सडकको नाम राष्ट्रिय विभूति सगरमाथा आरोही पासाङल्हामु शेर्पाको नामबाट राखिएको छ ।
भृकुटी राजमार्ग नामकरण गर्न समर्थन गर्नेमा गोसाइँकुण्ड गाँउपालिकाका , कालिका गाँउपालिकाका ,उत्तरगया गाँउपालिकाका , नौकुण्ड गाँउपालिकाका र पार्वतीकुण्ड गाँउपालिकाका स्थानीयबासीले रहेका छन् । गल्छीदेखि मैलुङ रसुवागढीको दूरी ८७ किमी रहेको डिभिजन सडक कार्यालय नुवाकोटका इञ्जिनीयरले जनाएका छन् । काठमाडौँ देवपतनका महासामन्त अंशुवर्माले तिब्बतको सम्भावित आक्रमणबाट नेपाललाई जोगाउन, बौद्ध धर्म तिब्बतमा प्रचारप्रसार गर्न र तिब्बतमा सुन छ भन्ने मोहबाटै नाता सम्बन्ध स्थापित गर्न आफ्न छोरी भृकृटीलाई तिब्बतका राजा स्रङ्चङगम्पोसँग विवाह गराएको पूर्वप्रशासक एवं इतिहासकारले बताएका छन् ।
भृकुटीले विवाहपछि दुलहीका रुपमा काठमाडौँको जीतपुर फेदी, नुवाकोट डाँडा, गेर्खुटार, बेत्रावती, कालिकास्थान, स्याफ्रुबेंसी, टिमुरे, रसुवागढी हुँदै गएको र यही मार्गबाट घरमाइती गर्ने गरेको इतिहास रहेको बताउँदै इतिहासकारले नेपाल र तिब्बत व्यापार व्यवसायको शुरुआत गर्ने पहिलो व्यक्ति भृकुटी नै भएको ठोकुवा गरेका छन् ।