भाद्र १ बैशाख १२ को महाभुकम्पले बिनास गरेको ललितपूरको खोकनामा भएका ऐतिहाँसीक,साँस्कृतिक र पर्यटकिय क्षेत्रलाई पुनःनिमार्ण गर्ने उद्धेश्यले बिभिन्न कार्यक्रमहरु भ्ौरहँदा शनिबार खोकनामा बृहत साईकल ¥याली गरि पुनः निर्माण गर्ने अभियानको सुरुवात गरेको छ ।
खोकना पुनःनिमार्ण तथा पुनस्थापना समीतीले भुकम्प पिडित पुरातात्वक सम्पदाहरुको पुनःनिर्माण गर्न साईकल ¥याली गरी चेतना मुलक सन्देश प्रबाह गराएको छ । ¥यालीमा १५० जना साईकल चालकहरु सहभाग िभएका थिए । स्थानीय युवाहरुका अलावा ललितपुर र काठमाण्डौ बाट पनि उल्लेख्य मात्रामा सहभागीता रहेको थियो ।
¥यालीको शशस्त्र प्रहरीका एआईजी सिंहबहादुर श्रेष्ठ र पर्यटनकर्मी अमर बहादुर शाहीले राष्ट्रिय झण्डा फहराएर उद्धघाटन गरिएको थियो । ¥याली उद्धघाटन पश्चात कालीमाटी,बल्खु,चोभार,चाल्नाखेल,बाग्मती झोलुङगे पुल,बुङमती हुँदै १५ किलो मिटरको दुरी पार गर्दै खोकनामा पुगेको थियो । ¥यालीबाट संकलित रकम १ लाख २८ हजार रुपैया कार्यक्रम पश्चात समितीलाई हस्तान्तरण गरीएको थियो ।