सुनसरीको दुहवी स्थित सहकारी संस्थामा आगलागी हुँदा १ करोड बढीको क्षती ।

0
434

सुनसरी, १०असोज । सुनसरीको दुहवी स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. मा आगलागी हुँदा एक करोड बराबरको क्षती भएको छ । दुहवी ५ मा पर्ने उक्त सहकारी संस्थामा गत राती आगलागी भएको हो । बिद्युत शर्ट भइ आगलागी भएको हुँन सक्ने संस्थाका अक्ष्यक्ष मिलिराम चोधरीले बताएका छन् ।

उनका अनुसार आगलागीमा करिब एक करोड बढीको सम्पत्ति नष्ट भएको छ । संस्थाको पछाडीको भवनमा सामान्य कारोवार असोज ११ गते बिहीवार देखि सुरु गरिने संस्थाका अध्यक्ष मिलीराम चौधरीले बताएका छन् । आगलागीबाट संस्थाको कागजपत्र, कम्प्यूटर, फर्निचर लगायत समानहरु जलेर नष्ट भएको छ । आगो निभाउन बिराटनगरबाट २ ओटा इटहरी, इनरुवा र दुहवीबाट एक एक वटा गरि ५ ओटा दमकल ल्याइएको थियो । ती दमकलले ४ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको स्थानीयले बताएका छन् ।