कलङ्की–नागढुङ्गा सडक निर्माणमा ढिलाई, छिटो निर्माण सम्पन्न गर्न स्थानीयको माग ।

0
759

काठमाडौँ, १२ असोज । कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि करीब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गतवर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा प्राप्ति गर्दा मुआब्जा दिन सरकारलाई निर्देशन दिएको थियो । अदालतको निर्देशन अघि सहमतिमा सडक विस्तारका लागि स्थान छोडेको ठाउँमा पनि कालोपत्र नहुँदा सडकमा सवारी चलाउन एवं हिँड्न नसकिने अवस्थामा पुगेको चन्द्रागिरी नगरपालिकाका स्थानीयवासीले जनाएका छन् ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले छनोट गरेको निर्माण व्यवसायीले वर्षौँ बित्दा पनि काम गर्न सकेको छैन, नगरपालिकालाई जिम्मेवारी दिए तीन महिनामा यो सडक बनाउँने उपत्यका भित्रिने र बाहिरिने प्रमुख मार्गमा सरोकार भएका निकायको ध्यान नजानु लाजमर्दो भएको चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीले बताएका छन् । यो मार्ग भएर दैनिक १५ हजारभन्दा बढी सवारी आवतजावत गर्ने हुँदा कलङ्कीमा निर्माण भएको नेपालको पहिलो ‘अण्डरपास’ केही दिन सञ्चालन भएर बन्द हुँदा पनि यो मार्गमा चाप बढेको नगरपालिकाले जनाएको छ ।