विराटनगर, १५ असोज । विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ । शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरले जनाएको छ । नाला बनाउने क्रममा तीन सय लाइन र नौं सय लाइनका दुई संरचना ध्वस्त भएकाले सो क्षेत्रमा वितरित सात सय टेलिफोन अवरुद्ध भएको प्राविधिकले बताएको छ । प्राविधिक खतिवडाले ध्वस्त संरचना तयार गर्न लगभग दुई महिना लाग्ने जानकारी दिएको छ ।