भक्तपुर, १८ असोज । चाँगुनारायण नगरपालिका –९ ताथली बस्ने हीरा राउतको घरमा ढोका फोडेर चोरी गर्नेलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । सो अभियोगमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३७ वर्षीय कपिलदेव सुकमनीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसरका प्रहरीले जनाएका छन् । पक्राउ परेका सुकमनीको साथबाट ६५ हजार चार सय, करीब एक लाख मूल्य बराबरको सुनका सात तोला गहना, आइप्याड र मोबाइल बरामद भएको र यसबारे थप अनुसन्धान गरी आज मुद्दा चलाइने प्रहरीले बताएको छ ।