यतिबेला चलचित्र अनुराग विभिन्न हलहरुमा सञ्चालन भइरहेको छ । चलचित्र अनुराग सँग चलिचित्र कथा काठमाडौ र छरिङले प्रतिस्पर्धा गरिरहेका छन् । एकै पटक तीन वटा फिल्म हलमा लागेपछि कुनै पनि चलचित्रले सोचे अनुरुपको व्यापार गर्न सकेका छैनन् भने वितरकले चलिचित्र माथी राजनीति गरिदिँदा सोचे अनुरुपको व्यापार गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् । पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले निमार्ण गरेका तथा आफैले अभिनय गरेको चलचित्र अनुरागले पनि अन्यले जस्तै सोचे अनूरुपको व्यपार गर्न नसकेपछि यतिबेला अनुराग चलचित्र निमार्ण पक्ष चलचित्र वितरकले राजनीति गरेर आफ्नो चलचित्र चल्न नदिएको बताएका छन् । सञ्चार खबर सँगको कुराकानी पनि अनुराग चलिचित्रका निर्माता एवं नायिका एलिजा गौतमले वितरक विरुद्ध कडा अभिव्याक्ति दिएकी छन् । बाँकी कुरा भिडियोबाट ।