सोलुखुम्बु, १९ असोज । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारीले जानकारी दिएका छन् । सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थित लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताएका छन् । करीब ४५ वर्षीय च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँ मार्फत घुम्न आएका थिए । अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ ।