असोज २५ काठमाडौ ।अन्र्तराष्ट्रिय ह्वीस्की ब्राण्ड सिग्नेचर र ए डिभिजन फुटबल क्लब मनाङ मस्र्याङ्दी बीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ । राजधानीमा एक कार्यक्रमका बीच प्रयोजन सम्झौतामा हस्ताक्षर भएको हो । सन् १९८२ मा स्थापना भएको मनाङ मस्र्याङ्दी क्लब ए डिभिजन क्लबको हैसियातमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितमा महत्वपूर्ण सहभागिता जनाउँदै आएको छ । प्रायोजन पछि सिग्नेचरले क्लब तथा विभिन्न समुह सँगको सहकार्यमा युवाहरुको खेल प्रतिको विश्वास बढाउन र उनीहरुको समग्र विकासमा टेवा पुग्ने कार्यमा सहयोग गर्नेछ । दुई समुह बीच भएको सम्झौताले नेपाली खेलकुदको इतिहासमा महत्वपूर्ण अर्थराख्ने विश्वास गरिएको छ । सिग्नेर ह्वीस्की बहुराष्ट्रिय कम्पनी डिआजीओ अन्र्तगत रहेर नेपालमा नेपाल लिक्वर्स प्रालिले उत्पादन तथा विक्रि वितरण गदेै आएको छ ।