दशैको अवसरमा सुन्धारा होटल व्यवसायी संघको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

0
1095

काठमाडौं आसोज २५। नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत एमव् छठको उपलक्ष्यमा सुन्धारा होटल व्यवसायी संघले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गराएको छ । पर्यटन व्यवसायी एवम् समाजसेवी दिल विकासराज भण्डारीको प्रमुख अतित्थ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता भने संघका अध्यक्ष बुद्धि बहादुर बस्नेतले गरेका थिए ।

सुन्धारामा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तंडुकार, समाजसेवी लालकाजी गुरुङ, जनसेवा प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बु, होटल व्यवसायीलगायतको सहभागिता रहेको संघका महासचिव देवीप्रसाद कँडेलले बताए ।

सो अवसरमा संस्थाको भौतिक पूर्वाधार निर्माणमा उल्लेखनिय योगदान पु¥याएबापत पर्यटन व्यवसायी एवम् समाजसेवी दिल विकासराज भण्डारीलाई कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरी संस्थाको हक हितमा उल्लेखनिय योगदान पु¥याए वापत महासचिव कँडेल र समाजसेवी गुरुङलाई पनि सम्मान गरिएको थियो ।