वडा दशैको अवसरमा राष्ट्रिय ब्यापार संघले गर्यो शुभकामना आदान प्रदान ।

0
1003

काठमाडौं । विजया दशमी ,शुभ दिपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा राष्ट्रिय व्यापार संघको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

संघका कार्यवाहक अध्यक्ष शिव मन्दिल श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले राज्य र व्यवसायी दुवैमा वैचारिक शुद्धतामा जोड दिदै मुल्य अभिवृद्धि कर प्रारम्भ देखि नै समस्याको रुपमा रहेको न्यूनविजकिकरणलाई निर्मुल पार्न नाकाबाट नै शुद्ध भई आउनु पर्ने बताउनु भएको थियो । वजारमा आईपछि मात्र छापा मार्ने काम बन्द गर्नु पर्ने भन्दै उहाले यसो भए न्यूनविजकिकरणको समस्या हट्ने बताउभनु बताउनु भएको थियो ।

कार्यवहाक अध्यक्षले करको दायरामा नआएकालाई दायरामा ल्याई राजश्व वृद्धिमा पहल गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै महाभुकम्प २०७२ ले क्षतिग्रस्त तातोपानी नाकालाई संचालनमा ल्याउन कुटनितिक पहल गर्नु पर्ने पनि बताउनु भएको थियो । अहिले एक मात्र केरुङ्ग नाकालाई सडक स्तरोन्नतिका लागि पहल गर्न सम्वन्धित सरोकारवालाको ध्यानाकर्ष गर्दै उहाले राज्यले करको दर घटाई करको दायरा वढाउन ध्यान दिनु पर्ने सुझाव दिनुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि सांसद श्रेष्ठले व्यवसायीको समस्या समाधानका लागि आफु सधै तयार रहेको भन्दै व्यवसायीलाई अप्ठेरो भए राज्यलाई कर नआउने र वर्तमान सरकारको नारा समृद्ध नेपाल सुखि नेपाली को नारा पुरा नहुने वताउनु भएको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द« मल्ल , नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल , आन्तरीक राजश्व कार्यालय नयाँ सडकका प्रमुख कर अधिकृत ढाकाराम तिवारी तथा संघका संस्थापक अध्यक्ष कर्ण प्रसाद देवभण्डारी लगाएतले शुभकामना दिएका थिए ।

कार्यक्रम संघका महासचिव वैकुण्ठ दाहालले संचालन गर्नु भएको थियो भने संघका सहसचिव गोपाल दास श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सह आयोजकको रुपमा एयरको ट्राभल्स, कर्णप्रियल बचत तथा ऋण सहकारी संस्था, विभुति बहुउद्देश्य सहकारी संस्था लि।, आरति बहुउद्देश्य सहकारी संस्था लि।, शिखर इन्सुरेन्स र स्वस्तिक स्विट्स रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा संघका पूर्व अध्यक्ष रमेश चन्द« वादे श्रेष्ठ, निवर्तमान अध्यक्ष नयन बहादुर पण्डित क्षेत्री लगायत स्थानिय व्यवसायीहरुको उलेख्य उपस्थिती रहेको थियो ।