कृषि मन्त्रीको घोषणा अब बिषादी भएको तरकारी खाने दिन गए । (भिडियो सहित)

0
797

कृषि तथा पशुपक्षि विकास मन्त्री चक्रपाणी खनालले राजधानीमा ब्यबस्थीत र डिजिटल कृषि बजार बनाउने काम भैरहेको बताएका छन् । सञ्चारखवरसँगको कुराकानीमा मन्त्री खनालले बिचौलीयालाई नभइ कृषकलाई नै नाफा हुने गरी कृषि बजार स्थापना गराउने काममा आफु लागि रहेको बताएका हुन् । काठमाण्डौको सबैभन्दा ठूलो तरकारी बजारको रुपमा रहेको कालीमाटी तरकारी बजारमा देखिएको माफियाको समस्या समाधान गर्न मन्त्रालयले दिर्घकालीन योजना बनाइरहेको उनको भनाई छ । उनले किसानहरुको जिवनस्तर उकास्न किसान विकास बैंक स्थापना गर्ने आफ्नो प्रयास रहेको भन्दै त्यसका लागी सरोकारवाला पक्षहरुसँग छलफल भैरहेको बताएका छन् । मन्त्री खनाल सँगको पुरा कुराकानी भिडीयोमा हेर्न सक्नुहुनेछ ।