२१ मंसिर, काठमाडौं । डकैती गरेर फरार रहेको आरोप लागेका राजन लिम्बुलाई पक्राउ गर्ने क्रममा प्रहरीले रातो पुलमा गोली चलाएको छ ।इटहरीमा डकौती गरेर फरार लिम्बुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली प्रहार गरेर पक्राउ गरेको हो ।
उनको खुट्टामा गोली लागेको छ । उनको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।लिम्बुको साथबाट एउटा चाइनिज पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा प्रहरी परिचालन गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।