सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबरा सिफारिस ।

0
788

२७ मंसिर, काठमाडौं । सर्वोच्च अदालतको २९ औं प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबरा सिफारिस भएका छन् । संवैधानिक परिषदको बिहीबार बिहान बसेको बैठकले तेस्रो बरियताका न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।राणा आगामी २०७९ पुससम्म अर्थात चार वर्ष प्रधान न्यायाधीशको रुपमा रहनेछन् ।प्रधानन्यायाधीश ओमप्रकाश मिश्रपछिको दोस्रो बरियतामा रहेका न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्याायाधीशमा अस्वीकृत भइसकेकाले चोलेन्द्र समशेर प्रधानन्यायाधिशको रुपमा सिफारिस भएका हुन् । काठमाडौका स्थायी बसिन्दा राणा कानूनमा स्नातकसम्म अध्ययन गरेका छन् । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्र २०७१ जेठमा सर्बोच्च अदालतको स्थायी न्यायाधीश बनेका थिए ।