गुट उपगुटको अन्त्य महासमितीबाटै हुनु पर्छ : काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा ।

0
503

नेपाली काँग्रेसको महासमितीको १४औं बैठक राजधानीमा सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले काँग्रेसको यो कुम्भ मेलाबाट संसारभर रहेका नेपालीहरुले धेरै आशा र विश्वास गरेको बताएका छन् । उनले ओली सरकार न्यायका बिरुद्धमा रहेको आरोप लगाँउदै न्यायपालिकामा आफ्नो छायाँ देखाएर निरंकुस बन्न खोजेको बताएका छन् । उनले पार्टी भित्र अनेक गुट उपगुट रहेको भन्दै यही स्थानबाट गुटको अन्त्य भएको घोषणा गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै नेता अर्जुननरसिंह केसी र डा रामशरण महतले पार्टिले निर्वाचनमा भोगेको पराजयको समिक्षा गर्दै आगामी निर्वाचनमा बहुमत ल्याउने योजनाका साथ महासमिती बैठक सम्पन्न हुनु पर्नेमा जोड दिएका थिए । नेताहरुको भनाई भिडियोमा हेर्न सक्नुहुनेछ ।