कांग्रेस नेताको एकै स्वर, गुट उपगुटको अन्त्य आजै हुनुपर्छ भने पछि हंगामा । (भिडियो सहित )

0
710

नेपाली काँग्रेसको महासमितीको १४औं बैठक राजधानीमा सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै बोल्ने अधिकाँस नेताहरुले पार्टी भित्रका सबै गुटहरुको अन्त्य नभए सम्म ठूलो स्वरमा बोल्ने नैतिक बल प्राप्त नहुने बताउँदा हलमा तालीको गडगडाहट छुटेको थियो । महासमिती सदस्यहरुको भावना पार्टी ब्यक्तिगत गुटबाट माथि नउठेसम्म कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न नसक्ने निष्कर्षका आधारमा नेताहरुले त्यसैमा जोड दिएका हुन् । कार्यक्रममा स्वागत मन्तब्य राख्दै पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले काँग्रेसको यो कुम्भ मेलाबाट संसारभर रहेका नेपालीहरुले धेरै आशा पुरा गर्नु पर्नेमा जोड दिएका थिए । उनले पार्टी भित्र अनेक गुट उपगुट रहेको भन्दै यही स्थानबाट गुटको अन्त्य भएको घोषणा गर्नु पर्नेमा जोड दिएका थिए । शर्माले ओली सरकार न्यायका बिरुद्धमा रहेको आरोप लगाँउदै न्यायपालिकामा आफ्नो छायाँ देखाएर निरंकुस बन्न खोजेको बताएका छन् । कार्यक्रममा बोल्दै नेता अर्जुननरसिंह केसी र डा रामशरण महतले पार्टिले निर्वाचनमा भोगेको पराजयको समिक्षा गर्दै आगामी निर्वाचनमा बहुमत ल्याउने योजनाका साथ महासमिती बैठक सम्पन्न हुनु पर्नेमा जोड दिएका थिए । नेताहरुको भनाई भिडियोमा हेर्न सक्नुहुनेछ ।