पुर्व राजा ज्ञानेन्द्र शाह निकट रहेको शाही युवा शक्ति नेपालले राजतन्त्र नेपाली जनताको मन मनमा रहेको दावीका साथ राजालाई पुनस्थापित गरी छाड्ने उद्धघोष गरेको छ । राजसंस्था पुनस्थापना गराउने अभियानलाई देश ब्यापी बनाउने उद्धेश्यका साथ देशैभरी संगठन विस्तार अभियान पनि चलाएको छ । शनिवार चितवनको पर्सामा आयोजित जिल्ला भेलाको उद्धघाटन गर्दै अध्यक्ष पशुपति खड्काले मनको इच्छा पुरा गर्न हिम्मतका साथ आफ्नो नेतृत्वमा गोलवद्ध हुन आग्रह गरे । उनले राजसंस्थाको पक्षमा लागेकै कारण असुरक्षित हुन नपर्ने बताउँदे सारा जनताको सुरक्षा आफ्नो संगठनले गर्ने पनि बताएका छन् । खड्काले आगामी जेठ १५ गते गणतन्त्र दिवसको बिधिवत् अन्त्य गरी राजतन्त्र दिवस मनाउने घोषणा समेत गरेका छन् । गणतन्त्रका नाममा वडा देखि केन्द्र सम्म हजारौ राजा जन्मिएको आरोप लगाउँदै खड्काले अव आफ्नो पार्टीले सबैलाई तह लगाउने चेटतावनी समेत दिए । गणतन्त्रको उपाहास ओली सरकारले गरेकोले राजतन्त्र अपरिहार्य बनेको उनको भनाई थियो । सोही कार्यक्रममा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का लगायत सहभागीहरुले दिएको अभिब्यक्ति भिडियोमा प्रस्तुत गरेका छौ ।