कांग्रेस सांसद कर्मा घले द्वारा कालिकोटका अग्नि पिडितलाई १ लाख आर्थिक सहयोग ।

0
542

नेपाली कांग्रेसका सामानुपातिक सांसद कर्मा घलेले कालिकोट जिल्लाको पलाता गाउपालिकाका अग्नि पीडितलाई १ लाख नगद आर्थिक सहयोग गर्नु भएको छ ।
पौष ९ गते राति कालिकोट जिल्लाको पलाता गाउपालिका वडा नम्बर (१ खाडा गाउको बस्तीमा आगलागी भइ ८७ घर जलेर नस्ट हुनुको साथै घरमा भएको लाखौ मुल्यको सामान समेत नस्ट भइ घरवारविहीन बिहीन भएका थिए । आगलागी बाट ७ जना घाइते भएका छन ।
सांसद घलेले सो घटनाका पिडितलाई सहयोग स्वरुप १ लाख नगदको चेक नेपाली कांग्रेस कालिकोटका सभापति हर्ष बमलाई हस्तान्तरण गर्नु भएको छ ।
चेक हस्तान्तरण पछि सांसद घलेले घटना बारे आफुले विभिन्न सन्चारमाध्यम र साथीहरुबाट जानाकारी पाए पछी आफू कुनै भुगोल बिशेषको मात्र प्रतिनिधि नभई सम्पुर्ण देशबासीका जनताको मतबाट सांसद भएकाले यस्तो मानबीय सम्बेदनामा सहयोग गर्नु पर्ने आफ्नो दायित्व बोध गरेकाले सहयोग गरेको बताउनु भयो ।
सहयोग रकम बाफतको चेक बुझ्दै नेपाली कांग्रेस कालिकोटका सभापति हर्ष बमले बिपतको घडीमा सांसद घलेले गरेको सहयोग ठुलो रहेको र आगलागीबाट पिडित चिसोको समयमा त्रिपाल मुनि बसिरहेका र खाद्यान्न , लत्ताकपडा लगायतको समस्या भएकाले सम्पुर्ण निकायसंग सहयोगका लागि अपिल गर्नु भयो ।
आगलागी पिडितहरुलाई नेपाली कांग्रेस केन्द्रीय समितिको तर्फबाट प्रती परिवार १० हजारका दरले नगद दिने निर्णय समेत भएको छ ।