राजाले बनाएको देशमा रजाई गर्दा पृथ्वि नारायण शाहको अपमान भयो । (भिडियो सहित)

0
506

राष्ट्रिय एकता दिवस तथा पृथ्वि नारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिन स्वतन्त्र नागरिक समाजले माग गरेको छ । बाइसे चौबिसे राज्यलाई एकिकरण गरी सिंगो नेपाल निर्माण गरेका राष्ट्र निर्मातालाई सम्मान गर्दै राष्ट्रिय एकता कायम राख्न पनि सरकारी स्तरबाटै पहल कदमी लिनु पर्ने बक्ताहरुले बताएका छन् । वरिष्ठ अधिवक्ता विष्ण भट्टराईले राष्ट्र द्रोहको आरोप लागेका सि के राउतलाई संरक्षण गर्ने कार्यले राष्ट्रियता संकटमा पर्ने धारण राख्दै नेपाली सेनाको भुमिका प्रति असन्तुष्टि जनाएका थिए । उनले छिमेकी भारतको स्वतन्त्रता दिवसमा शुभकामना दिन जाने नेताहरुलार्य तिम्रो स्वतन्त्रता दिवस कहिले पर्छ भनेर प्रश्न गर्दा जवापवm के दिन्छौ भन्दै नेताहरुलाई प्रश्न गरेका थिए । कार्यक्रममा स्वतन्त्र नागरिक समाजका संयोजक हेम विक्रम सिलवालले जनताको मोनताको फाईदा बिदेशीको इशारामा काम गर्ने नेताहरुले लिएको बताउँदै पृथ्वि जयन्ती तथा एकता दिवस भब्यताका साथ मनाउन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा प्रा डा सुरेन्दै के सी नेपाली सेनाका पुर्व जर्नेल डा केशर बहादुर भण्डारी लगायतका बक्ताहरुले धारणा राखेका थिए ।