ओली सरकारको आयु धेरै लामो छैन राजा ल्याउनुको विकल्प छैन (भिडियो सहित) ।

0
867

काठमाडौ पुस ।स्वतन्त्र नागरिक समाज नामक संस्थाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गर्दै राजधानीमा बिरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डला देखि बानेश्वर सम्म पदयात्रा गरी राजसंस्थाको पक्षमा नाराबाजी गर्नुका साथै शाहवंशीय राज परिवारको गुणगान गाइएको थियो । बानेश्वरमा भएको कोण सभालाई सम्बोधन गर्दै पुर्व सांसद दीर्घ प्रसाईले ओली सरकार निरंकुश र तानाशाही भएको भन्दै यो सरकारलाई अपदस्त गरी राजा ल्याउनुको बिकल्प नभएको बताए । कार्यक्रममा स्वतन्त्र नागरीक समाजका संयोजक हेम विक्रम सिलवालले जेठ ४ गते जसरी धर्म निरपेक्षता ल्याइएको थियो त्यसैगरी हिन्दु राज्य स्थापना गरि छाड्ने बताएका थिए । कोण सभामा बोल्ने अधिकांसले सरकारले शान्ती सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । सो कार्यक्रमको भिडियो हामीले यहाँ समेटेका छौ ।