बम्जनको तपस्या स्थलमा प्रहरी आतंक,अनुयायीहरु आतंकीत । भिडियो सहित ।

0
975

बौद्ध धर्म गूरु राम बहादुर बम्जनको आश्रम स्थलमा अनुसन्धानको नाममा प्रहरी आतंक बढेको भन्दै बोधी श्रवण धर्म संघले आपत्ति जनाएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै धर्मसंघका प्रवक्ता तथा संस्थापक अध्यक्ष मणी लामाले सत्य तथ्य बाहिर ल्याउन पुरै सहयोग गर्दा गर्दै पनि अनुयायीहरुलाई बिहान ८ बजे चौकी बोलाएर राती नौ बजे मात्रै बयान लिने र अपाराधीको अखडा जस्तै गरी पटक पटक हुलका हुल कुकुर लिएर आउने कार्यले तपस्या स्थलमा आतंक फैलिएको बताउनु भएको छ । सरकारलाई आफुहरुले गरेको सहयोगलाई कम्जोरीको रुपमा नलिन आग्रह गर्दै उहाँले आफ्ना विरुद्ध लाग्नेहरुलाई गुरुले नै माफि दिनु भन्ने आग्रह बमोजिम सबैलाई माफि दिइएको बताउनु भयो । बोधी श्रवण धर्म संघका संस्थापक अध्यक्ष लामा सँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुने छ ।