गतसाउन २५ गते देखी सञ्चालनमा आएको दिगो सार्वजनिक यातायात उत्कृष्ट यातायातको रुपमा सम्मानित भएको छ । नगरविकास कोषको ३१ औँ बार्षिक उत्सवको अवसरमा दिगो सार्वजनिक यातायातलाई सम्मान गरिएको हो । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो यातायात सञ्चालक समितीका अध्यक्षलाई सम्मानपत्र प्रदान गर्नुभयो । दिगो सार्वजनिक यातायातले नगरविकास कोषको ऋण सहयोगमा ५० सिटे १७ वटा बस सञ्चालन गर्दै आइरहेको छ ।
यी बस एयरपोर्ट–सिनामङगल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी हुँदै नयाँ बसपार्क र फर्किने क्रममा नयाँ बसपार्क–गोंगबु–सामाखुसी–गल्कोपाखा–लैनचौर–जमल–कमलपोखरी ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर–सिनामङ्गल हुँदै एयरपोर्टसम्म पुग्ने गरेकाछन् ।