कैलाली र मलंगवामा सेना परिचालन , राष्ट्पतिले आजै अनुमोदन गर्ने

0
2082

काठमाडौं भदौ ७  राष्ट्रिय सुरक्षा परिषदले कैलाली र सर्लाहीको मलंगवामा नेपाली सेना परिचालन गर्न आदेश दिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आपतकालिन सुरक्षा परिषदको बैठकले ती २ स्थानमा सेनाको नेतृत्वमा संयुक्त सुरक्षा फौज तैनाथ गर्न आदेश दिएको हो । उक्त आदेशलाई अनुमोदन गर्न मन्त्रीपरिषद बैठकपनि बसिरहेको छ । मन्त्रीपरिषदको सिफारिसमा आजै राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति प्रदान गर्ने छन् ।