नेपालको अस्तित्व समाप्त पार्न नागरिकता संशोधन विधेयक अँगाडी सारिएको छ ,बरिष्ठ अधिबक्ता भट्टराई (भिडियो सहित) ।

0
709

बरिष्ठ अधिबक्ता विष्णु भट्टराईले संसदमा पेश भएको नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक जस्ताकै तस्तै पारित भए नेपालको अस्तित्व समाप्त हुने बताएका छन् । सञ्चारखबर सँगको कुराकानीका क्रममा बरिष्ठ अधिवक्ता भट्टराईले नागरिकता जस्तो संवेदनशील विषयमा बर्तमान सरकारले कुनै सावधानी नअपनाएको बताए । उनले पटक पटक नागरिकताको कुरा निकालेर नागरिकता वितरण आफु अनुकुल बनाउने काम देशका लागी निकै घातक हुने उनको भनाई छ । उनले बर्तमान सरकारले नागरिकलाई राहत पुग्ने ढंगबाट कुनै काम गर्न नसकेको पनि बताए । उनले भने बर्तमान सरकार एउटा समान्य कलाकारको पछि लागेको छ, राष्ट्रपतीलाई आवश्यक नै नभएको हेलिकप्टर खरिद गर्ने गाडी खरिद गर्ने काम गरिरहेको छ यो देशका निम्ती राम्रो होइन । यस्तै उनले सरकारले राष्ट्रिय एकता कायम गर्न पनि नसकेको बताए । राजतन्त्र हुँदाको समयमा राष्ट्रिय एकता बलियो भएको अनुभव सुनाउँदै अहिलेका नेतामा त्यो नदेखिएको उनको विश्लेषण थियो । बाँकि उहाँसँगको भिडियो कुराकनीमा हेर्न सक्नुहुन्छ ।