किन रोए संसदमा प्रधानमन्त्री कोईराला ?

0
2158

ब्यबस्थापिका संसदको आजको बैठकलाई संबोधन गर्दै गर्दा प्रधानमन्त्री शुशिल कोईराला भक्कानिनु भएको छ । कैलालीमा आन्दोलनकारी लाई जोगाउने क्रममा २२ जना प्रहरीले ज्यान गुमाउनु परेको घटनाले आफुलाई अत्यन्तै मर्माहित बनाएको बताँदै गर्दा प्रधानमन्त्री कोईराला शब्द उच्चारण गर्न नसक्ने अबस्थामा पुग्नु भएको थियो । संसद बैठकलाई सम्बोधन गर्दै कोईरालाले नेपाली जनताको बर्षै देखिको संबिधान पाउने अपेक्षा पुरा हुन लागेका बेला सुरक्षा निकाय माथि भएको घटनाले दुखि बनाएको भन्दै संबिधान संसोधनिय भएकाले आफ्ना हक अधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ ।