गृह मन्त्रालयका प्रवक्ता लक्ष्मि ढकालले कैलालीमा भएको घटनामा ९ जनाको मात्रै ज्यान गएको दाबी गर्नु भएको छ ।
हातमा लाठीमात्रै लिएर सुरक्षार्थ सडकमा खटिएका प्रहरीहरुलाई भाला रोपेर,जिउँदै आगो लगाएर तथा घरेलु हतियारले प्रहार गरेर निर्ममतापूर्वक ढँगले राष्ट्सेवक कर्मचारीको हत्या भएको गृह प्रवक्ता ढकालले जानकारी दिनु भएको छ ।
सरकारले मुलुकका बिभिन्न जिल्लालाई संकटग्रस्त क्षेत्र घोषण गर्दै नेपाली सेना परिचालन गरेकाले शान्ति सुरक्षा खलबलिने कार्य नगर्न नगराउन आग्रह गरेको छ । यदि त्यस्ता कार्य गरेमा स्थानिय प्रशासन ऐन बमोजिम दण्ड गरिने पनि जनाईएको छ ।