मनकामनाका होटलमा ग्राहक तान्ने नौलो शैली,यस्तो छ अचम्मको तरीका । (भिडियो)

0
1245

मनको इच्छा पुरा गर्ने देवी मनकामना माईको मन्दिर आस पासमा सञ्चालनमा रहेका होटलहरुमा ग्राहक तान्न अनौठो तरीका प्रयोग गर्ने गरेको देखिएको छ । भात होटलहरुमा ग्राहक तान्न लय बद्ध तरीकाले स्वागत गर्दै गरेको दृश्य हाम्रो क्यामेराले कैद गरेको छ । ति होटलहरुमा काम गर्ने कामदारहरु मालिकले सिकाएको शैली मै ग्राहकलाई खानाका लागि निम्तो दिन लागि पर्ने गरेका छन् । खाना खान रमाइलो तरिकाले स्वागत गरेता पनि खाना भने निक्कै महंगो रहेको छ । सादा खाना कै ३ सय२० रुपैया पर्छ भने कुखुराको मासु र भातको ४५० रुपैया पर्छ खसिको मासु र भातको मुल्य भने ५ सय पर्छ यसकारण मन्दिर आसपासमा सञ्चालीत खाना खाने होटलहरुमा स्थानिय प्रसाशनको आँखा पर्न सकेको देखिंदैन । गोरखाको मनकामना मन्दिर क्षेत्रमा ग्राहक तान्ने तरिका हामीले भिडियोमा देखाएकाछौ ।