रमिताको हल्का हल्कामा हट पुजना

0
704

बैकुण्ठ पराजुली काठमाण्डौ भदौ ७ गायिका तथा मोडल रमिता भण्डारीको पछिल्लो एल्बम ‘प्ले ईट’मा समावेश गीत ‘हल्का हल्का’ को भिडियो सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक गीतमा नायिका पुजना प्रधानको जवानी छल्केको छ । गीतको भिडियोमा पुजनासँगै गायिका रमिता र मोडल जीवन भट्टराई फिचरिङमा छन् ।

pujana
गीतमा जनम राईको शब्द तथा संगीत छ । रमिताको सुमधुर स्वरमा सजिएको गीतको भिडियोलाई नसिम खान (एन के) ले निर्देशन गरेका छन् । तर निर्देशकिय पाटोबाट भने गीतले मागेको जस्तो भिडियो बनेको देखिँदैन् । भिडियोलाई नविन श्रेष्ठले खिचेका छन् ।
रमिताको ‘प्ले ईट’मा समावेश ६ वटा गीतको भिडियो बन्ने क्रम जारी छ । यसअघी पार्टी नाईट बोलको गीतको पनि भिडियो प्रिमियर भईसकेको छ । रमिताको आफ्नै कम्पनी रुशलाईट मिडियाको तर्फबाट श्रोतामाझ आएको ‘प्ले ईट’मा समावेश सबै गीतमा स्वर पनि रमिताको नै छ ।
मोडलिङ हुँदै सांगितिक क्षेत्रमा उदाएकी रमिताले आफ्नो जीन्दगी नै मनोरञ्जन रहेको बताउँछिन् । पछिल्लो समय एल्बम र म्युजिक भिडियोसँगै स्टेज कार्यक्रममा व्यस्त बन्दै गरेकी रमिता गितारिष्ट पनि हुन् ।