सारा नेपालीलाई खुसिको खवर, १४ वर्षीया आकृति गुरुङले चिनिाइन नेपालको नाम। (भिडियो सहित)

0
1758

काठमाडौंको सामाखुशीमा रहेको संस्कार ईंग्लिश स्कुलले हालै जापानमा सम्पन्न भएको ४४।५ केजी मुनिको तेक्वान्तो प्रतियोगितामा स्वर्ण पदक विजेता नेपालकी १४ वर्षीया बालिका आकृति गुरुङलाई सम्मान गरेको छ।
गत एप्रिल १९ तारिख जापानको ओसाकामा सम्पन्न २५ राष्ट्र सहभागी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा गुरुङले नेपालको लागि स्वर्ण पदक दिलाएकी थिईन् ।
भविष्यमा पनि यस्ताखाले प्रतियोगितामा सहभागी हुनको लागि स्कुलको तर्फबाट स्वर्णपदक विजेता गुरुङलाई जस्तोसुकै सहयोग गर्नपनि आफूहरु तयार रहेको उनको विश्वास छ ।
कार्यक्रममा स्वर्णपदक विजेता आकृति गुरुङले छोटो समयको तयारीमा पनि आफूहरुले यस्तो नतिजा ल्याउन सफल भएको सुनाउँदै यसको सम्पूर्ण श्रेय स्कूल व्यवस्थापन र गुरुको मार्गनिर्देशन भएको स्पष्ट पारिन् ।
उनले भनिन्,‘हाम्रो देशमा खेलकुद क्षेत्रको विकासको लागि सरकारले ध्यान दिनुपर्छ । खेलाडीहरुको उज्जवल भविष्यको लागि सरकारले विशेष पहलकदमी लिनुपर्छ ।’ प्रतियोगिताको फाईनलमा आयोजक राष्ट्रलाई नै हराउन पाउँदा आफू निकै खुशी भएको पनि उनको प्रतिक्रिया थियो ।
नेपालबाट विभिन्न तौल समूहमा सहभागी हुन २३ जना प्रतियोगीहरु जापान गएका थिए । तीमध्ये नेपालको लागि एकमात्रै पदक त्योपनि स्वर्ण ल्याउन आकृति सफल भएकी हुन् ।