शाही युवा शक्तिले दियो कार्यकर्ता रिहाई गर्न २४ घण्टे अल्टीमेटम फिर्ता नगरे देशैभर प्रधानमन्त्रीको पुत्ला जलाउने ।(भिडियो सहित )

0
1030

काठमाडौं, १७ बैशाख । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दे शाही युवा शक्ति नेपालले यस्तो चेतावनी दिएको हो ।
गोगंवुको बानियाँटारबाट प्रधानमन्त्री केपी ओलीको पुत्ला जनाएको आरोपमा मंगलबार विहान पक्राउ परेका केन्द्रिय सदस्य बिनोद केसी, राम प्रसाद सुवेदी, मिन बहादुर क्षेत्री र दिपेश खड्कालाई अपहरण शैलीमा घरैबाट पक्राउ गरेको भन्दै घोर आपत्ति जनाएको छ ।कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले राज्यबाट नागरिकको आम स्वतन्त्रतालाई कुण्ठित पार्ने काम भएको आरोप लगाए ।
देशका विभिन्न अपराध र बिसंगतिहरु ब्याप्त रहेको भन्दै उनले नागरिकका अधिकारहरु राज्यले दबाउन नहुने भन्दै अध्यक्ष खड्काले आफ्ना कार्यकर्तालाई घरभित्रै छिरेर अपहरण शैलीमा पक्राउ गरिएको भन्दै उनले सरकारलाई निःशर्त रुपमा छोड्न चौबिस घण्टे अल्टिमेटम पनि दिएका छन् । उनले आफ्ना कार्यकर्ता रिहा नगरे देशैभर केपी ओलीको पुत्ला जनाउने पनि बताएका छन् । शाही युवा शक्ति नेपालले आइतबार गोगंबु क्षेत्रमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको थियो ।
भिडियो