गाडीका पारखीलाई खुसिको खवर,फक्सवागनको गाडी किन्दा १० लाख छुट ! (भिडियो सहित )

0
951

जर्मन प्रविधीमा आधारित फक्सवागन गाडीको नेपालमा कारोबार सुरु भएको १० बर्ष पुरा भएको छ । श्री पुजा इन्टरनेशनल नेपाल प्रा.लि. ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी १० बर्ष सफलतापुर्वक सम्पन्न भएको बताएको छ । साथै १०औं बर्ष गाँठको अवसरमा ग्राहक लक्षित अफर समेत सार्वजनिक गरेको छ । जस्मा
१. १०० जना ग्राहकहरुलाई रु.२५.९० लाखमा पोलो कार ।
२ जर्मन गाडीहरुमा रु.१० लाख सम्म नगद छुट ।
३. तुरुन्त फाईनान्सको सुविधा ।
४. फ्रि एक्सेसेरिज
५. प्रथम वर्षको लागी फ्रि रोड ट्याक्स ।
६. एक्सचेञ्ज बोनस ।
७. लोएल्टी बोनस ।
८. १० बर्षको फ्रि सर्भिसिङ ।
९. २ वर्षको लागी निशुल्क रोड एसिस्टेन्स ।
१०. चित्त बुझेमा मात्र सर्भिस चार्ज तिरे पुग्ने सुविधा कम्पनीले दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी निर्देश्क बिवेक बिजुक्छेले शुरुका दिनहरुमा ग्राहकहरुले फक्सवागन गाडी भन्ने वित्तिकै पछाडी इन्जिन भएको फक्सवागन विटल र भ्यान सम्झिने गरेकोमा टिगुवान र ट्वारेग जस्ता ठुला गाडी र पोलो जस्ता सानो पारिवारिक गाडी खरिद गर्न पाउँदा सुखद आश्चर्यको रुपमा लिएको जानकाी दिएका थिए ।

विगत दश वर्षमा सबैभन्दा कठिन कार्यको संस्मरण गर्दै विजुक्छेले “ग्राहक महानुभाव तथा गाडी पारखीहरुलाई युरोपियन फक्सवागन गाडीको मर्मत तथा संभार खर्च अन्य गाडीको तुलनामा अति न्युन रहेको जानकारी दिए ।
फक्सवागन गाडीको सर्भिस हाल नेपालको १० वटा शहरहरुमा प्रशिक्षित मेकानिक्सहरु द्धारा भैरहेको कम्पनीले बताएको छ । शुरुमा नेपाली बजारमा जापानिज, कोरियन र भारतीय गाडीहरुमा मात्र काम गरिरहेको मेकानिक्सहरुलाई जर्मन गाडी मर्मत गर्न सिकाउन केहि समय लागेको भए पनि हाल कुनै समस्या नरहेको उनको भनाई छ ।

“छिमेकी राष्ट्र भारतबाट जर्मन प्रविधीमा आधारित पोलो र भेन्टो गाडी तथा त्यस सँग सम्बन्धित पार्टस् पुर्जाहरु आउन शुरु गरेपछी मर्मत संहार खर्च थप घटेको छ । एउटा सुखद रुपमा फक्सवागन बनाउने भारतको पुर्णेस्थित फ्याक्ट्रीले गत हप्ता मात्र १० लाख गाडीहरु निमार्ण गर्न सफल भएको उनको दावी छ ।”

नेपाली ग्राहकहरुले फक्सवागन गाडी नै किन किन्ने भन्ने प्रश्नको जवाफमा उनले भने “नेपाली बजारमा उपलब्ध अन्य गाडीहरु बर्षको ४ पटक सम्म सर्भिस गर्नुपर्नेमा फक्सवागन १ पटक मात्र गर्नुपर्ने, एकपटक खरिद गरेपछी दशकौँ सम्म चल्ने सुरक्षित जर्मन प्रविधियुक्त तथा जति पुरानो भएपनी अत्यधिक रिसेल भ्यालु अर्थात पुनः विक्री मुल्य आउने गाडीको रुपमा फक्सवागन स्थापित भएको उनको दावी छ ।”