नवलपरासीमा गोली चल्यो,गोली लागेर दुई जना घाइते,स्थिती तनाबग्रस्त

0
433

नवलपरासी भाद्र ९ जिल्ला प्रशासन कार्यालयले जारी गरेको कफ्र्य तोड्न खोजे पछि नवलपरासीमा गोली चलेको छ । मधेशी मोर्चाका कार्यकर्ताहरुले भूमही(भैरहवा वाइपास रोडको बाल गोविन्द पेट्रोल पम्पबाट निषेधाज्ञा तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो ।

गोली लागेर दुई जना घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर नवलपरासीको सनई -९ का ५० वर्षका बिहड धोबी र रामग्राम-५ का ४५ वर्षकी मुना जयसवाल घाइते भएका छन् । भैरहवामा उपचारतर दुवैको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।  प्रहरीको गोलीबाट भएको क्षतिको बिबरण प्राप्त भएको छैन ।