मरेको कुखुरालाई जीउँदो भनी विक्री गर्न खोजेपछि प्रहरीको फन्दामा (भिडियो सहित) ।

0
1380

काठमाडौ । मरेका कुखुरालाई जिउँदो भन्दै बेचविखन गरेको आरोपमा प्रहरीले एच बी बी एण्ड वि कोल्ड कोल्ड स्टोरका सञ्चालक सानुुभाई खड्कीलाई नियन्त्रणमा लिएको छ । मरेको कुखुरालाई जिउदो भनी बेचविखन गरेको भन्ने उजुरीका अधारमा छापा मारी प्रहरीले राजधानीको टुकुचा बजार भित्र सञ्चालनमा रहेको एच बी बी एण्ड वि कोल्ड स्टोरका सञ्चालक सानुुभाई खड्कीलाई नियन्त्रणमा लिएको हो । मरेका कुखुरा विक्रि गरेको भन्दै प्रहरीले उक्त स्टोरमा रहेका १५ बोरा मरेका कुखुरा र सय भन्दा बढी जिउँदा कुखुरा जफत गरेको छ । तर सञ्चालकले भने आफुले मरेका कुखुरा विक्री नगरेको दावी गरे । धादिङबाट कुखुरा लिएर आउने क्रममा बीच बाटोमा गाडी दुर्घटनामा परि कुखुरा मरेको भन्दै उनले आफ्नो गल्ती स्वीकार गर्न चाहेनन् । तर उनले त्यस्तो भने पनि दुर्घटनामा परि मेरको भनेको कुखुरको घाँटी चक्कुले काटेको अवस्थामा भेटिएको थियो । प्रहरीले यसबारे अनुसन्धान गरेर मात्र केही भन्न सकिने बताएको छ । बर्डफुलुबाट एक जनाको मृत्यु भइसकेको तथा सर्वसाधारणमा त्रास कायमै रहेको बेला मरेका कुखुरालाई जिउँदो भनेर बेचेको भेटिए पछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले यस अँघि पनि उक्त कोल्ड स्टोरले मरेका कुखुरा विक्री गर्ने गरेको बताएका छन् ।
भिडियो