त्रि वि सेवा आयोग बिरुद्ध अखिल क्रान्तिकारीको आन्दोलन यस्तो छ स्वरुप । (भिडियो सहित)

0
1632

अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले शिक्षा क्षेत्रमा देखिएको माफियाकरणको अन्त्य गर्न अन्तिम लडाई गर्ने उद्धघोष गर्नुभएको छ । युथ अरोमा अनलाईन टि भि सँगको कुराकानीमा अध्यक्ष गजुरेलले त्रि वि सेवा आयोग बिघटन गर्नुपर्ने लगायत ३ बुँदे माग राख्दै आइतवारबाट सेवा आयोग अगाडी अनसुरु गरिएको बताएका छन् । आफ्ना मागहरुलाई सम्बोधन नगरे उत्पन्न हुने परिस्थितीको राज्यले नै जिम्मा लिनु पर्ने उहाँको भनाई थियो । सेवा आयोगका पदाधिकारीलाई कारबाही गरी आयोगले प्रकाशित गरेको नतिजा सच्चाउन माग गर्दै अनसन सुरु भएको हो । आफ्ना मागलाई सुनुवाई नभए कारवाही गर्ने उहाँको भनाई छ । कारबाहीको स्वरुपबारे गजुरेलले खुलाउन चाहेनन् । अखिल क्रान्तिकारकिा अध्यक्ष हरिकृष्ण गजुरेलसँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।