कैलाली घटनाका दोशी फोरम नेता सहित १० जना पक्राउ . आजै ज्यान सम्बन्धि मुद्धा दर्ता गरिने

0
751

(अपडेट ) भाद्र ९ काठमाण्डौ  कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन्

प्रहरीले फोरम लोकतान्त्रिकका नेता ४४ वर्षका रामप्रसाद चौधरीलाई पक्राउ गरेको हो । उनीफोरम लोकतान्त्रिकका कैलाली निर्वाचन क्षेत्र नम्बर १ का अध्यक्ष हुन् ।

यस्तै जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्क बहादुर चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी र भजनि–५ बस्ने ४१ बर्षीय प्रेमबहादुर चौधरी पनि पक्राउ परेको  प्रहरीले जनाएको छ

पक्राउ परेकाहरुलाई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १३ (१) को सजाया माग दाबि सहित प्रहरीले जाहेरी दर्ता गर्ने तयारी गरेको छ ।