बर्दियाका दुई स्थानमा प्रशासनबाट निशेधाज्ञा जारी

0
461
बर्दिया जिल्लाको जनजिवन कष्टकर,तस्वितर ः ज्योती कुमार पन्थी

ज्योति कुमार पन्थी बर्दिया भाद्र १०

थारु कल्याणकारिणि सभा लगायत संयुक्त मधेशि मोर्चाले आब्हान गरेको बन्दका कारण बर्दिया जिल्लाको जनजिवन कष्टकर बनेको छ । बन्दका कारण बिगत दुई साता देखि यातयात बजार सम्पुर्ण रुपमा बन्द भएका छन ।

बर्दिया जिल्लाको जनजिवन कष्टकर
बर्दिया जिल्लाको जनजिवन कष्टकर

बर्दिया जिल्लाको सिमावर्ति जिल्ला कैलालीको टिकापुरमा भएको घटनालाई मध्यनजर गर्दे यति बेला जिल्ला प्रशासन कार्यालय बर्दियाले सदरमुकाम गुलरिया र राजापुर नगरपालिकामा निशेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्शासन कार्यालय बर्दियाले बर्दिया जिल्लाको सदरमुकाम गुलरियाको पुर्व तर्फ निलो आयल स्टोर्स, उत्तरमा कृषि बिकास बैक, पश्चिमा मिलनचोक र दक्षिण तर्फ भन्सार सम्को स्थानलाई बिहान ११ बजे देखि साँझ ५ बजे सम्मका लागि निशेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आन्दोलनलाई मध्य नजर गर्दे राजापुर नगरपालिकाको बिभिन्न स्थानमा समेत बिहान ७ बजे देखि साँझ ७ बजे सम्मका लागि निषेधाज्ञा जारि गरेको छ ।

पर्दशनकारीले दिनहुँ जसो सदरमुकाम गुलरियामा पर्दशन गर्ने गरेको भए पनि प्रशासनले निशेधाज्ञा जारी गरेका कारण अहिले बर्दिया जिल्लाको जनजिवन केही मात्रामा भए पनि सामान्य भएको छ । यसै बिच दिनहुँ जसो पर्दशनमा उत्रिने पर्दशनकारीहरुले बुधबार निशेधित क्षेत्र भन्द १ सय मिटर पर कोठिया गाउँको चौतारीमा कोणसभा सम्पन्न गरेका छन ।

पर्दशनकारीहरुको प्रर्दशन उग्र बन्दै गएका कारण जिलला प्रशासन कार्यालय बर्दियाले शिशेधाज्ञा जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिलला अधिकारी बिनोद बहादुर कुँवरले जानकारी दिनु भयो । प्रशासनले निशेद्याज्ञा जारी गरेका कारण आज पनि बिहानै देखि यहाँका उद्योग धन्दा कलकारखाना र पसल समेत सञ्चालन हुन सकेको
छैन ।