वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले एनसेललाई कर तिर्नबाट उन्मुक्ती दिने सर्बोच्चका न्यायाधिष डम्बर बहादुर शाहीलाई कारबाही गर्नु पर्ने बताएका छन् । नेपाल सरकारलाई कर तिर्नुपर्छ भन्ने जानकारी नै नभएको भन्ने गलत दावीलाई पुष्टि गर्दै कानुनको धज्जी उडाउने काममा संलग्न भएको भन्दै शाही माथि कारवाही गर्नु पर्ने उनको तर्क रहेको छ। एनसेलको मुद्धा नै हेर्न नमिल्ने विवादीत ब्यक्तिले न्यायाधिषको आचार संहिता उल्लंघन गरेको भन्दै उनलाई संसदले छानविन गर्नु पर्ने बताएका हुन् । सरकारको ढुकुटीमा आउने ८० अरव बरारबको रकम तिर्नु पर्दैन भन्ने आदेश नै गैरकानुनी भएको दावी गर्दै डा भण्डारीले यो आदेश आफैमा विवादीत र गैर संबैधानिक भएको बताएका छने । एनसेललाई मुद्धा हालेर कर तिराउने प्रयासमा लागेका वरिष्ठ अधिवक्ता भण्डारीसँगको कुराकानी भिडियोमा हेर्न सक्नुहुनेछ ।
Home banner news NCELL को मुद्धामा सर्बोच्चका न्यायधिष बाटै राष्ट्रघात,महाअभियोग लगाउन डा भण्डारीको माग ।...